काठसहित चार पक्राउ
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो ।
काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताए । उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैध रूपमा काठ लैजाँदै थिए ।
बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ । प्रहरीका अनुसार आइतबार जिल्ला अदालत सुर्खेतबाट छ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया