चलचित्र ‘ह्रस्वदीर्घ’ भारतीय प्रसिद्ध सिनेमाटोग्राफरले छायांकन गर्ने
काठमाडौं । अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’ को छायांकन भारतमा प्रसिद्ध सिनेमाटोग्राफर कबिर लाले गर्ने भएका छन् ।
नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मको ८५ दिनसम्मको सुटिङ सेड्यूअल रहने छ । ‘ह्रस्वदीर्घ’ मा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन भने दसैंपछि हुनेछ ।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने बताइएको छ । कबीर बलिउड र दक्षिण भारतीय चलचित्र क्षेत्रमा उत्कृष्ट सिनेमाटोग्राफरका रूपमा परिचित छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया