NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौंबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीसँग रु छ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष