नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया