विस्फोटक पदार्थ भण्डारण गरिएको रुसी पानीजहाजमा विस्फोट

काठमाडौं (एजेन्सी) । विस्फोटक पदार्थ भण्डारण गरिएको रुसको सैन्य पानीजहाज मस्कोभामा विस्फोट भएको छ । ब्ल्याक सीमामा तैनाथ उक्त पानीजहाजमा आगलागी र विस्फोट भएको हो ।
रुसको रक्षा मन्त्रालयले विस्फोटबाट सैन्य पानीजहाजमा नराम्ररी क्षति पुगेको जनाएको छ । पानीजहाजका चालक दलका सदस्यको भने उद्धार गरिएको छ ।
युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको दाबी गरेका थिए । उनले जहाजमा ५१० जनासम्म रहेको बताए पनि त्यसको पुष्टि भने भएको थिएन ।
विस्फोटको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको जनाइएको छ । तथापि, यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए। युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको ती अधिकारीको भनाइ थियो ।
मस्कोभा क्षेप्यास्त्र क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको थियो । सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मोस्कोभा नाम दिइयो। यो १ सय ८६ मिटर लामो छ । जसलाई गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।
यसैबीच, रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया