NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

डुब्यो क्षतिग्रस्त रुसी पानीजहाज मस्क्भा

काठमाडौं (एजेन्सी) । मस्क्भा नामक रुसी नौ सेनाको पानीजहाज अन्ततः समुद्रमा डुबेको छ ।

रुसी रक्षा मन्त्रालयले विस्फोटनबाट क्षतिग्रस्त आफ्नो पानीजहाज डुबेको जनाएको छ । १२ हजार टन तौलको उक्त पानीजहाज विरोधीको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।

आफूले प्रहार गरेको क्षेप्यास्त्र लागेर रुसी पानीजहाजमा क्षति पुगेको दाबी युक्रेनले गरेको थियो । तर रुसले भने इन्कार गरेको छ । बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको छ ।

मस्क्भालाई रुसले आफ्नो सैन्य शक्तिको प्रतिष्ठाको रूपमा लिने गरेको थियो । युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थिय, यो पानीजहाज । मस्कोीस्थत बिबिसीका संवाददाताले मस्क्भा रुसी सैन्य क्षमताको एक प्रतीक जस्तो रहेको र त्यो प्रतीक ध्वस्त भएको र डुबेको विषयले रुसी सेनाको प्रतिष्ठामा ठूलै धक्का लागेको बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले पनि रुसी नौसेनाको निम्ति यो गम्भीर धक्का भएको निष्कर्ष निकालेको छ ।