उदय सोताङको ‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।
लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो सहरमा बस्दै आएका गीतकार रमेश लुइँटेलले गरेका थिए । । यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतबद्ध गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद् परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । ‘तिम्रो साथ छुट्ला भनी डराएर रोएँ’, ‘मनको पीडा मनमै दबाई कराएर रोएँ’, ‘यो मनबाट तिमीलाई अन्तै सराएरै रोएँ’ ‘बाध्यतालाई आफैँसँग हराएर रोएँ’ लगायत बोलका गीत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा सुजिता शिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायांकन गरेको यस भिडियोलाई शीलन लम्सालले सम्पादन गरेका हुन् ।
टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया