म्यादी प्रहरीलाई देशभित्रै उद्यमशील बनाउन परामर्श तालिम
काठमडौं । राष्ट्रिय युवा परिषद्ले निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएका युवकलाई त्यसपछि देशभित्रै उद्यमशील बनाउने अभियान थालेको छ । परिषद्ले म्यादीमा भर्ना भएर तालिम लिइरहेकालाई उद्यम परामर्श तालिम दिइरहेको छ ।
कसरी उद्यमशील बन्ने, उद्यमशील बन्न आर्थिक व्यवस्थापन कसरी गर्ने र वित्तीय संस्थाबाट ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेलगायत विषयमा परिषद्ले तालिम दिइरहेको छ । म्यादी प्रहरीको तालिम भइरहेको ठाउँमा पुगेर परामर्श दिने काम भइरहेको परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । चुनावी प्रयोजनका लागि म्यादी प्रहरीमा भर्ना भएकाहरू ४० दिनपछि घर फर्कनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया