महिलाको हत्या गरेर तीन दिनसम्म शवमा झारफुक
कञ्चनपुर । आँगनभरि अक्षता, किनारमा आगोको धुनी । छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डण्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको । हामी नै ठीका पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृष्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउनको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको गण्डी तताएर पोलेका डाम थिए । ‘बिहामनै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुराराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए । त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्यो ।’
कान्तिपुर दैनिकका अनुसार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको बत्छेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला मजदुरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन् । श्रीमान्को ७ वर्षअघि भारतमा मृत्यु भएको थियो । टाउको दुखेर धामीकोमा पुगेकी उनको धामीको अत्याचारका कारण निधन भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया