१४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं । १४ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बाह्राताल घर भएका २५ वर्षीय गगन कामी रहेका छन् ।
उनलाई इलाका प्रहरी बानियाँभार, बर्दियाले गएराति पक्राउ गरेको हो । उनी हाल बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्दै आएका थिए ।
सोही नगरपालिका–६ पथ्थरडाँडास्थित किशोरीलाई शुक्रबार साँझ करणी गरेको प्रहरीले जानकारी दिए ।
प्रतिक्रिया