मारियुपोलमा युक्रेनी सेना ‘अन्त्यसम्म लड्नेछ’ : युक्रेन
काठमाडौं (एजेन्सी) । युक्रेनका प्रधानमन्त्रीले आइतबार आफ्नो देशको रणनीतिक रूपमा प्रयोग गरिने बन्दरगाह शहर मारियुपोल पराजित नभएको बताएका छन् ।
‘रूसी आक्रमणबाट शहरलाई रक्षा गर्न घेरिएका सेनाहरूले यहाँ ‘अन्त्यसम्म लड्नेछन्,’ उनले भने ।
युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि दिइएको रूसी अल्टिमेटम समाप्त भएसँगै यस्तो प्रतिक्रिया आएको हो ।
उनले भने, ‘सहर अझै हारेको छैन । हाम्रा सिपाहीहरू र हाम्रो फौज अझै त्यहाँ लडिरहेको छ । तिनीहरूले अन्तसम्मै युद्ध गर्नेछन् ।’
यसअघि आइतवार नै रुसको रक्षा मन्त्रालयले युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको थियो ।
रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गरेको बताइएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया