रेणुलाई उम्मेदवार बनाउने मेरो होइन, पार्टीको निर्णय हो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे सहमति नभए एक्लै चुनाव लड्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे बेलुकासम्म सहमति हुनेमा आफूलाई विश्वास रहेको बताए । तर, दलहरू आ–आफ्नै अडानमा रहे र कुनै सहमति नभए माओवादी केन्द्र एक्लै चुनाव लड्छ ।
‘देशभर माओवादीको पक्षमा माहोल रहेको छ । जनताले पनि माओवादीले चुनाव हारे भने संघीयतालगायत प्राप्त उपलब्धि गुम्छ भन्ने बुझेका छन्’, उनले भने, ‘माधव, उपेन्द्रलगायत गठबन्धनका नेताहरू सकारात्मक रहेकाले गठबन्धनभित्र कुनै समस्या छैन । हामी बेलुकासम्म सहमति गर्छौं ।’
भरतपुमा आफ्नै छोरी रेणु दाहाललाई दोहो¥याउनेबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने– ‘रेणुलाई उठाउने मेरो निर्णय होइन । यो पार्टीको निर्णय हो । हामीले भरतपुर नै रोज्नुको पछाडि भागबण्डामा माओवादीले एउटा महानगर पाउँछ । त्यसमा जुन सजिलो छ, त्यो हामीलाई दिनोस् भनेको हो ।’
यस विषयमा भ्रममा कोही भ्रममा पर्नु आवश्यक नभएको प्रचण्डले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया