रेणुलाई उम्मेदवार बनाउने मेरो होइन, पार्टीको निर्णय हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे सहमति नभए एक्लै चुनाव लड्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे बेलुकासम्म सहमति हुनेमा आफूलाई विश्वास रहेको बताए । तर, दलहरू आ–आफ्नै अडानमा रहे र कुनै सहमति नभए माओवादी केन्द्र एक्लै चुनाव लड्छ ।
‘देशभर माओवादीको पक्षमा माहोल रहेको छ । जनताले पनि माओवादीले चुनाव हारे भने संघीयतालगायत प्राप्त उपलब्धि गुम्छ भन्ने बुझेका छन्’, उनले भने, ‘माधव, उपेन्द्रलगायत गठबन्धनका नेताहरू सकारात्मक रहेकाले गठबन्धनभित्र कुनै समस्या छैन । हामी बेलुकासम्म सहमति गर्छौं ।’
भरतपुमा आफ्नै छोरी रेणु दाहाललाई दोहो¥याउनेबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने– ‘रेणुलाई उठाउने मेरो निर्णय होइन । यो पार्टीको निर्णय हो । हामीले भरतपुर नै रोज्नुको पछाडि भागबण्डामा माओवादीले एउटा महानगर पाउँछ । त्यसमा जुन सजिलो छ, त्यो हामीलाई दिनोस् भनेको हो ।’
यस विषयमा भ्रममा कोही भ्रममा पर्नु आवश्यक नभएको प्रचण्डले बताए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया