युक्रेनको एलभिभमा रुसी आक्रमणबाट ६ को मृत्यु, एक दर्जन घाइते
एलभिभ । रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।
क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ ।
‘अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौं,’ उनले भने । घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया