फोहोरमैला तथा प्लाष्टिक नजलाउन कामापाको निर्देशन, नियम पालना नगर्नेलाई एक लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकावासीलाई फोहोरमैला तथा प्लाष्टिक नजलाउन निर्देशन दिएको छ । महानगरपालिकाले महानगर क्षेत्रभित्र खुल्ला रुपमा आगो बाल्न तथा खुल्ला क्षेत्रमा आगो बाल्दा फोहोरमैला र प्लाष्टिकजन्य फोहोर समेत नजलाउन आज सूचनामार्फत निर्देशन दिएको हो ।
साथै महानगरले तोकिए मापदण्ड विपरित वायु प्रदुषण हुने गरी धुँवा, धुलो, ग्याँस आदि उत्सर्जन नगर्नसमेत आग्रह गरेको छ । अहिले केहि समय देखि धुलो, धुँवाको अत्याधिक वृद्धि भएर वायु प्रदुषणमा प्रतिकुल प्रभाव परेको र त्यसले उपत्यकावासीको स्वास्थ्यमा गम्भीर असर परी विभिन्न रोगको संक्रमण बढ्न जाने खतरा भएकाले स्वास्थ्यलाई ध्यानमा राखी प्रतिकुल असर गर्ने क्रियाकलाप नगर्न महानगरले अनुरोध गरेको हो ।
महानगरका अनुसार महानगरपालिकाको अनुगमन टोलीले आगो बालेको देखेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा नियमावली, २०७० बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना तथा तीन महिनासम्म जेल सजाय वा दुवै सजाय हुने महानगरले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया