राष्ट्रिय परिचयपत्र वितरणमा राजनीतिक दलका कार्यकर्ताको हस्तक्षेप

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित नयाँ गाउँमा राष्ट्रिय परिचयपत्रको फारम भर्न र तथ्याङ्क संकलन गर्न आएको टोलीलाई स्थानीय राजनीतिक कार्यकर्ताले दबाब दिएर काम गराएको पाइएको छ ।
बिहान ९ बजेदेखि लाइनमा बस्दासमेत बेलुकी ५ बजेसम्ममा पनि काम नबनेको तर राजनीतिक दलका कार्यकर्ताले लाइन नबसी सिफारिस गरेका आफ्ना मानिसको भने काम बनेको स्थानीयहरूले गुनासो गरेका छन् ।
ती कार्यकर्ताले आ–आफ्ना मानिसका नागरिकता सङ्कलन गरी कर्मचारीलाई छिटो काम गर्न दबाब दिएको उनीहरूको आरोप छ ।
कार्यकर्ताहरू आफूले भनेको नमान्ने कर्मचारीहरूलाई नराम्रो व्यवहारसमेत गरेको उनीहरूको आरोप छ ।
‘हिजो फारम भरेका केही व्यक्तिको आज बिहानै काम हुनुपर्ने थियो तर भएन । उनीहरूलाई दिउँसो ३ बजेस्सम लाइनमा राखियो’, एक सेवाग्रहीले भने, ‘राजनीतिको आडमा एउटै वडावासीलाई पनि फरक–फरक नजरले हेरेको पाइयो । केही कर्मचारी र स्थानीय आज पनि काम नभएर फर्किएको देखियो ।’
राष्ट्रिय परिचयपत्र बनाउने काम बुटबलमा चार–पाँच दिनदेखि जारी छ । सुरुदेखि नै यस्तो भइरहेको स्थानीयको भनाइ छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया