स्वास्थ्य अनुसन्धान परिषदले क्यान्टिन सञ्चालक माग्यो
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले क्यान्टिन सञ्चालन गर्नका लागि कर्मचारी माग गरेको छ । परिषदले सूचना जारी गर्दै परिषद भवन भित्र क्यान्टिन सञ्चालन गर्ने कर्मचारी मागेको हो ।
परिषदका अनुसार अनुभवी इच्छुक व्यक्ति तथा फर्मले सूचना जारी भएको सात दिन भित्र दररेट प्रस्ताव तथा मूल्यसहितको मेन्यू कार्यालय समयभित्र पेस गर्नुपर्ने छ । उक्त क्यान्टिनका लागि परिषदले आवश्यक फर्निचर, पूर्वाधार, बिजुली बत्ती र पानी निशुल्क उपलब्ध गराउने जारी सूचनामा उल्लेख छ ।
साथै क्यान्टिन सञ्चालन गर्ने व्यक्ति तथा फर्म प्यान भ्याटमा दर्ता भएको र विगत ०७७÷०७८ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र निवेदनसाथ पेस हुनुपर्ने परिषदले जनाएको छ ।
गुणस्तरीय र सस्तो दररेटमा क्यान्टिन सञ्चालन गर्न सक्ने व्यक्ति तथा फर्मलाई परिषदले छनौट गर्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया