स्वास्थ्य अनुसन्धान परिषदले क्यान्टिन सञ्चालक माग्यो
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले क्यान्टिन सञ्चालन गर्नका लागि कर्मचारी माग गरेको छ । परिषदले सूचना जारी गर्दै परिषद भवन भित्र क्यान्टिन सञ्चालन गर्ने कर्मचारी मागेको हो ।
परिषदका अनुसार अनुभवी इच्छुक व्यक्ति तथा फर्मले सूचना जारी भएको सात दिन भित्र दररेट प्रस्ताव तथा मूल्यसहितको मेन्यू कार्यालय समयभित्र पेस गर्नुपर्ने छ । उक्त क्यान्टिनका लागि परिषदले आवश्यक फर्निचर, पूर्वाधार, बिजुली बत्ती र पानी निशुल्क उपलब्ध गराउने जारी सूचनामा उल्लेख छ ।
साथै क्यान्टिन सञ्चालन गर्ने व्यक्ति तथा फर्म प्यान भ्याटमा दर्ता भएको र विगत ०७७÷०७८ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र निवेदनसाथ पेस हुनुपर्ने परिषदले जनाएको छ ।
गुणस्तरीय र सस्तो दररेटमा क्यान्टिन सञ्चालन गर्न सक्ने व्यक्ति तथा फर्मलाई परिषदले छनौट गर्नेछ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया