उर्जाको पावरहाउस केरा

काठमाडौं । केराको सेवनले तौल बढ्छ भन्ने गलत धारणाका कारण प्रायः केरालाई आहारबाट बाहिर राखिन्छ । तर, केरामा क्यालोरी मात्र नभएर फ्याट पनि कम हुन्छ, तर यसमा फाइबर भने प्रशस्त हुन्छ, जसले मेटाबोलिज्म बढाउन काम गर्छ ।
यदि तपाईलाई केरा मनपर्छ तर तौल बढ्ने डरले खानुहुन्न भने हामी तपाईलाई यसका अनगिन्ती फाइदाहरुबारे जानकारी दिन्छौं :
केराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । केरामा भिटामिन सी पनि प्रशस्त पाइन्छ । भिटामिन सीले नै रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । भोक लाग्दा केरालाई खाजाको रूपमा लिन सकिन्छ । यसको सेक पनि बनाउन सकिन्छ । केराले तत्काल ऊर्जा दिने काम पनि गर्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न चाहनुहुन्छ भने केरा खानुहोस् । केरामा पाइने फाइबरले इन्सुलिन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी साबित हुने अनुसन्धानमा देखिएको छ ।
केरामा कोलेस्ट्रोल व्यवस्थापन र मधुमेह नियन्त्रणजस्ता गुणहरू पनि हुन्छन्, जसले गर्दा यो फल मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
केरा फाइबरको प्रचुर स्रोत हो र मुख्यतया पानीले बनेको हुन्छ । यो गुणले केरा पाचन प्रक्रियाका लागि उत्तम फल मानिन्छ । म्याग्नेसियम र पोटासियमको स्रोत भएकोले केराले स्ट्रोकको जोखिम कम गर्छ । केरामा रहेको म्याग्नेसियम र पोटासियम हड्डीका लागि लाभदायक हुन्छ ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया