रुससँग वार्ताका लागि युक्रेनले पठायो प्रस्ताव
काठमाडौं (एजेन्सी) । युक्रेनले रुससँग वार्ताका निम्ति प्रस्ताव पठाएको छ । मारिओपोल सहरमा रुसले आक्रमण बढाइरहेका बेला युक्रेनले रुससमक्ष वार्ताको प्रस्ताव पठाएको हो ।
मध्यस्थकर्तामार्फत युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको बिबिसीले लेखेको छ ।
युक्रेनी वार्ताकार मिखाइलोले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका, घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्विटरमार्फत प्रष्ट पारेका छन् ।
समाचारहरूमा जनाइएअनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई सहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको जनाइएको छ ।
लगातार आक्रमण गरेपछि युक्रेनले रुससमक्ष निःसर्त वार्ताको प्रस्ताव राख्दै आएको छ । तर रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्लो समय रुसले मरिओपोलमाथि आक्रमण बढाएको छ । रणनीतिक हिसाबले महत्त्वपूर्ण ठानिएको मरिओपोल रुसले कब्जा जमाएमा युक्रेनको सबैभन्दा ठूलो सहर पहिलोपटक विरोधीको कब्जामा पर्नेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया