रुससँग वार्ताका लागि युक्रेनले पठायो प्रस्ताव

काठमाडौं (एजेन्सी) । युक्रेनले रुससँग वार्ताका निम्ति प्रस्ताव पठाएको छ । मारिओपोल सहरमा रुसले आक्रमण बढाइरहेका बेला युक्रेनले रुससमक्ष वार्ताको प्रस्ताव पठाएको हो ।
मध्यस्थकर्तामार्फत युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको बिबिसीले लेखेको छ ।
युक्रेनी वार्ताकार मिखाइलोले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका, घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्विटरमार्फत प्रष्ट पारेका छन् ।
समाचारहरूमा जनाइएअनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई सहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको जनाइएको छ ।
लगातार आक्रमण गरेपछि युक्रेनले रुससमक्ष निःसर्त वार्ताको प्रस्ताव राख्दै आएको छ । तर रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्लो समय रुसले मरिओपोलमाथि आक्रमण बढाएको छ । रणनीतिक हिसाबले महत्त्वपूर्ण ठानिएको मरिओपोल रुसले कब्जा जमाएमा युक्रेनको सबैभन्दा ठूलो सहर पहिलोपटक विरोधीको कब्जामा पर्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया