बेलायती प्रधानमन्त्री भारत भ्रमणमा

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन भारतको दुई दिने भ्रमणका लागि बिहीबार अहमदाबाद पुगेका छन् । जोनसनलाई अहमदाबाद एयरपोर्टमा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल आचार्य देवव्रतले स्वागत गरेका थिए ।
विमानस्थलदेखि होटलसम्मको चार किलोमिटर लामो बाटोमा जोन्सनलाई न्यानो स्वागत र रोड शो गरिएको थियो ।
जोनसनलाई लिन विमानस्थलमा राज्यका वरिष्ठ अधिकारी र मन्त्रीहरू पनि उपस्थित थिए । विमानस्थल बाहिरबाट सुरु भएको रोड शो बरिअल, रिभरफ्रन्ट, आश्रमरोड हुँदै आएको थियो ।
भारत र बेलायत दुवैले स्वतन्त्र व्यापार सम्झौताप्रति सकारात्मक दृष्टिकोण देखाउँदै आएका छन् । जोनसनको यो भ्रमणले यस दिशामा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरिएको छ । बेलायत भारतसँगको वार्षिक कारोबार २.८९ लाख करोडमा पुर्याउन इच्छुक छ ।
बेलायती प्रधानमन्त्री बिहीबार गुजरातमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी साँझ दिल्ली प्रस्थान गर्नेछन् । अप्रिल २२ मा मोदीसँग शिखर वार्ता हुनेछ । बेलायती प्रधानमन्त्रीको भारत भ्रमणअघि ‘न्यु एरा ट्रेड डिल’ (अर्ली हार्वेस्ट डिल) बारे धेरै चर्चा भइरहेको छ । यो स्वतन्त्र व्यापार बाहेककाे सम्झौता भनिएको छ ।
UK PM Boris* Johnson arrives in Ahmedabad, Gujarat. He is on a 2-day India visit pic.twitter.com/yzwlX5Dppg
— ANI (@ANI) April 21, 2022
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया