NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं । छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । हाइड्रोपावरले केही समय अघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर बिहीबार सूचीकृत भएको हो ।

हाइड्रोपावरले माघ ११ गतेबाट १० कित्ता सेयर बराबर ३ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले गत पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई हकप्रदमा आवेदन दिएका सेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।

कम्पनीको २०७७ पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष