छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडाैं । छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । हाइड्रोपावरले केही समय अघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर बिहीबार सूचीकृत भएको हो ।
हाइड्रोपावरले माघ ११ गतेबाट १० कित्ता सेयर बराबर ३ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो ।
हकप्रद निष्काशनका लागि कम्पनीले गत पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई हकप्रदमा आवेदन दिएका सेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।
कम्पनीको २०७७ पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया