मरिउपोल कब्जा गरेको रुसको दाबी
मस्को । रुसको सरकारी मिडियाले युक्रेनको मरिउपोल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मरिउपोलमा रहेको एजोभस्टार प्लान्टमा बम विस्फोट नगर्न आदेश दिएको पनि बताइएको छ ।
पुटिनले बरु आफू सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन् । पुटिनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिंगा पनि प्रवेश गर्न नसक्ने गरी नाकाबन्दी गर्न भनेका छन् ।
रुसी सेनाका अनुसार यो स्टिल प्लान्टबाहेक अहिले पूरै मरिउपोल सहर आफ्नो नियन्त्रणमा रहेको छ । यो स्टिल प्लान्टमा युक्रेनी लडाकुहरू छन् र कथित रूपमा एक हजार युक्रेनी नागरिकहरू पनि त्यहाँ कठिन परिस्थितिमा बसिरहेका छन् ।
पुटिनले मरिउपोलमा अपरेशन सफल भएकाे भन्दै आफ्ना रक्षामन्त्रीलाई बधाई पनि दिएका छन् ।
रक्षामन्त्री सर्गेइले पुटिनलाई २ हजारभन्दा बढी युक्रेनी लडाकुहरू अझै पनि प्लान्ट भित्र रहेको बताए । उनले यो प्लान्टबाहेक सम्पूर्ण मरिउपोल अहिले रुसको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
#BREAKING Putin hails ‘successful liberation’ of Mariupol pic.twitter.com/WBtuwEDXBA
— AFP News Agency (@AFP) April 21, 2022
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया