फोहरको डंगुर शेयर गर्दै रवीन्द्र मिश्रले भने, ‘धन्यवाद एमाले र कांग्रेसलाई !’
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा एमाले र कांग्रेसलाई भोट नहाल्न आग्रह गरेका छन् ।

संघीय संसद्नजिकै काठमाडौंको नयाँ बानेश्वरमा थुप्रिएको फोहरको डंगुरको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले यस्तो आग्रह गरेका छन् ।
एमाले–कांग्रेसले काठमाडौंको फोहरसमेत व्यवस्थापन गर्न नसकेकाले अब विकल्प खोज्नुपर्ने आशय अध्यक्ष मिश्रको छ ।
उनले अबको विकल्प विवकशील साझा भएको दाबीसमेत गरेका छन् ।
‘धन्यवाद सूर्य र रूखलाई ! जसले वर्षौं–वर्षदेखि यो शहरलाई यस्तै राखे । यो नयाँ बानेश्वरको बिहानी दृष्य हो’, उनले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘अब गल्ती नगरौँ । ’तराजु’ विकल्प छ ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया