NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फोहरको डंगुर शेयर गर्दै रवीन्द्र मिश्रले भने, ‘धन्यवाद एमाले र कांग्रेसलाई !’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा एमाले र कांग्रेसलाई भोट नहाल्न आग्रह गरेका छन् ।

Rabindra Mishra - Wikipedia

संघीय संसद्नजिकै काठमाडौंको नयाँ बानेश्वरमा थुप्रिएको फोहरको डंगुरको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले यस्तो आग्रह गरेका छन् ।

एमाले–कांग्रेसले काठमाडौंको फोहरसमेत व्यवस्थापन गर्न नसकेकाले अब विकल्प खोज्नुपर्ने आशय अध्यक्ष मिश्रको छ ।

उनले अबको विकल्प विवकशील साझा भएको दाबीसमेत गरेका छन् ।

‘धन्यवाद सूर्य र रूखलाई ! जसले वर्षौं–वर्षदेखि यो शहरलाई यस्तै राखे । यो नयाँ बानेश्वरको बिहानी दृष्य हो’, उनले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘अब गल्ती नगरौँ । ’तराजु’ विकल्प छ ।’