ट्रम्पले अन्तर्वार्ता लिने सञ्चारकर्मीलाई नै मुर्ख र बेइमान भनेपछि……[भिडियाेसहित]
![ट्रम्पले अन्तर्वार्ता लिने सञ्चारकर्मीलाई नै मुर्ख र बेइमान भनेपछि……[भिडियाेसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/04/trump.jpg)
वाशिंटन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्वार्ताका क्रममा टेलिभिजनका पत्रकारलाई मुर्ख भनेपछि अहिले चर्चामा छन् ।
टक टिभीले पियर्स मोर्गनकाे नयाँ शाे ‘पियर्स मोर्गन अनसेन्सर्ड’ मा ट्रम्पले अन्तर्वार्ता बीचमै छाेडेर बाहिर निस्किएकाे प्राेमाे सार्वजनिक गरेकाे छ । सन् २०२० मा भएकाे राष्ट्रपतीय निर्वाचन हारेकाे प्रश्नमा ट्रम्पले अन्तर्वार्तामा पूर्वराष्ट्रपतिले मोर्गनलाई बेइमान र बेवकूफ भनेका छन् ।
ट्रम्प चाँडै मोर्गनको नयाँ शो ‘पियर्स मोर्गन अनसेन्सर्ड’ मा देखिनेछन् ।
अर्कोतर्फ, एनबीसी न्यूजका अनुसार ट्रम्पका प्रवक्ताले पूर्वराष्ट्रपतिले अन्तर्वार्ताबाट वाकआउट नगरेको बताएका छन् । यसलाई मार्केटिंग उपकरण मात्र बनाइएकाे उनकाे दाबी छ ।
अन्तर्वार्तामा मोर्गनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचन निष्पक्ष हुँदाहुँदै पनि पराजय भोग्नु परेको भनेपछि ट्रम्प रिसाएका थिए । यसकाे उत्तरमा ट्रम्पले भने, ‘मूर्खले मात्र यस्तो सोच्छ ।’ यसपछि मोर्गनले ट्रम्पलाई ‘मलाई मुर्ख भन्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दा ट्रम्पले ‘हो’ भन्ने जवाफ दिएका छन् ।
अन्तर्वार्तामा पूर्वराष्ट्रपतिले आफ्नो प्रतिरक्षा गर्दै आएका थिए । मोर्गनले ट्रम्पलाई उनले सन् २०२० को चुनावमा धाँधली गरेको आरोप लगाएका थिए तर प्रमाण पेश गर्न असफल भए भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई लाग्छ म तपाईभन्दा धेरै इमानदार छु ।’
मोर्गनको शोमा ट्रम्पको अन्तर्वार्तालाई वर्षको ‘सबैभन्दा विस्फोटक अन्तर्वार्ता’ भनिएको छ । प्राेमाेमा ट्रम्प सबै प्रश्न र उत्तरका क्रममा अन्तर्वार्ताबाट बाहिर निस्केको पनि देखिएका छन् । यसक्रममा उनले कार्यक्रमका सदस्यहरूलाई क्यामेरा बन्द गर्न आग्रह गर्छन् ।
७५ मिनेटको उक्त कार्यक्रम मर्डोकको नयाँ टेलिभिजन कार्यक्रम ‘टक टिभी’ को प्रशारण सोमबार राति ८ बजे प्रशारण हुनेछ ।
पियर्स मोर्गन डोनाल्ड ट्रम्पको रियालिटी शो ‘सेलिब्रेटी अपरेन्टिस’ को पहिलो विजेता थिए । यो शो सन् २००४ मा टेलिभिजनबाट देखाइएको थियो । पियर्सले १६ प्रतियोगीलाई हराएर शो जितेका थिए ।
प्रतिक्रिया