मूल्यवृद्धिप्रति व्यवसायी असन्तुष्ट, आइतबारदेखि ‘निर्माण होलिडे’ मनाउँदै
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधानलगायत कारण निर्माण व्यवसाय धराशायी भएका कारण आन्दोलनमा उत्रनुपरेको महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
निर्माण व्यवसायी संघले वैशाख ११ गते आइतबारदेखि ‘निर्माण होलिडे’ गर्ने घोषणा पनि गरेको छ । निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै महासंघले निर्माण होलिडेको घोषणा गरेको हो।
निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको अध्यक्ष रवि सिंहले बताए । निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारसँग माग गरिएको उनको भनाइ छ ।
यसअघि सरकारको ध्यानाकर्षण गराई समयसीमा तोक्दासमेत माग पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया