आन्तरिक विवादका कारण दाङको मस्जिदमा आक्रमण

काठमाडौं । दाङको एक मस्जिदमा भएको आक्रमण आन्तरिक विवादका कारण भएको खुलेको छ ।
लमहीस्थित सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउँसो नमाज पढिरहेको बेला भएको आक्रमणको घटना मस्जिदभित्रकै अर्को पक्षले गरेको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार मस्जिद व्यवस्थापन समितिका अध्यक्ष जमात अलीको राजीनामाको विषयमा विवाद सुरु भएको थियो ।
अर्काे पक्षले उनको राजीनामा माग गर्दै आएको थियो । सोही क्रममा शुक्रबार दुवै समूहबीच चक्कु र इटा प्रहार गरी झडप भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया