एकै परिवारका पाँचको हत्या, शव जलाउन घरमा आगजनी

काठमाडौं । भारतमा एकै परिवारका पाँच जनाको घाँटी रेटेर पाशबिक ढंगले हत्या भएको छ । एक बालिका घाइते छिन् । आक्रमणपछि घरमा समेत आगो लगाइएको छ ।
भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लास्थित थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा एकै परिवारका पाँच जनाको हत्या भएको हो । भारतीय सञ्चारमाध्यमहरूले शुक्रबार मध्यराति उनीहरूको हत्या भएको जनाएका छन् ।मध्यराति घटना भए पनि स्थानीयको सूचनापछि प्रहरीले आइतबार बिहान मात्र यसबारे जानकारी पाएका थिउ ।
हिन्दूस्तान टाइम्सका अनुसार मृतकमध्ये ३८ वर्षीय महिला, उनका १४, १० र ८ वर्षका तीन छोरीको शव बिछ्यौनामा भेटिएको छ । ४२ वर्षीय एक व्यक्ति भने घरको आँगनमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
पाँच वर्षीया बालिकामाथि समेत आक्रमण भएको छ । तथापि, उनी बाँच्न सफल भएकी छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ ।
हत्यापछि घरमा समेत आगो लगाइएको छ । त्यहाँस्थित प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेअनुसार हत्याराको शव जलाउन घरमा आगो लगाइएको हो ।
प्रहरीले घटनास्थलमा दुई पृष्ठ लामो हस्तलिखित सामग्री भेटिएको छ । जसमा सम्पत्ति विवादका कारण हत्या भएको जनाइएको प्रयासगारका एसएसपी अजय कुमारले बताएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया