एकै परिवारका पाँचको हत्या, शव जलाउन घरमा आगजनी
काठमाडौं । भारतमा एकै परिवारका पाँच जनाको घाँटी रेटेर पाशबिक ढंगले हत्या भएको छ । एक बालिका घाइते छिन् । आक्रमणपछि घरमा समेत आगो लगाइएको छ ।
भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लास्थित थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा एकै परिवारका पाँच जनाको हत्या भएको हो । भारतीय सञ्चारमाध्यमहरूले शुक्रबार मध्यराति उनीहरूको हत्या भएको जनाएका छन् ।मध्यराति घटना भए पनि स्थानीयको सूचनापछि प्रहरीले आइतबार बिहान मात्र यसबारे जानकारी पाएका थिउ ।
हिन्दूस्तान टाइम्सका अनुसार मृतकमध्ये ३८ वर्षीय महिला, उनका १४, १० र ८ वर्षका तीन छोरीको शव बिछ्यौनामा भेटिएको छ । ४२ वर्षीय एक व्यक्ति भने घरको आँगनमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
पाँच वर्षीया बालिकामाथि समेत आक्रमण भएको छ । तथापि, उनी बाँच्न सफल भएकी छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ ।
हत्यापछि घरमा समेत आगो लगाइएको छ । त्यहाँस्थित प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेअनुसार हत्याराको शव जलाउन घरमा आगो लगाइएको हो ।
प्रहरीले घटनास्थलमा दुई पृष्ठ लामो हस्तलिखित सामग्री भेटिएको छ । जसमा सम्पत्ति विवादका कारण हत्या भएको जनाइएको प्रयासगारका एसएसपी अजय कुमारले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया