NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

वार्ताका लागि राष्ट्र संघका महासचिव रुस र युक्रेन जाने

न्युयोर्क । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुवै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् ।

महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छन् । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे । त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

गत मंगलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुवै पक्षलाई अनुरोध गरेका थिए ।

उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्ने छन् । युक्रेनमा उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष