जन्त हिँडेका एकै गाउँका तीन जनाको मृत्यु
राजविराज । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन युवाको दुर्घटनमा परेर मृत्यु हुँदा गाउँका अन्य व्यक्ति तथा छरछिमेक शोकमा डुबेका स्थानीय सन्तोष पघैयाले बताए ।
हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोरा बस्ने हेमनारायण यादवको कान्छा छोरा रञ्जीत यादवको दुर्घटनमा परेर मृत्यु भएपछि परिवार नै शोकमा परेको छ । घटना सुनेपछि हेमनारायण होसमा छैनन् ।
हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटनामा परी आज तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको थियो ।
सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश१–०२४१प २२९६ नंको मोटरसाइकल र प्रदेश१–०२०४१प ९५२४ नंको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
सप्तरीको बलान विहुल गाउँपालिकामा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नं ५ बस्ने रवीन्द्र यादवका छ वर्षीया छोरी अनुषाकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया