NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

जापानमा २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

काठमाडौं (एजेन्सी) । जापानमा २६ जना यात्रु सवार डुंगा बेपत्ता भएको छ । तटरक्षकले हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रु सवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो।

कोस्ट गार्डद्वारा लगभग १६.१५ जीएटीमा सङ्कट देकिएको सङ्केत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्धारकर्ताहरूले जहाज पत्ता लगाउन सकेका छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष