NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

कङ्गोमा फेरि भेटियो इबोला

काठमाडौं (एजेन्सी) । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोलाको नयाँ केस फेला परेको छ ।

त्यहाँस्थित इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस संक्रमण पुष्टि भएको सिह्वा न्युज एजेन्सीले जनाएको छ ।

कंगोका स्वास्थ्य मन्त्री जिनले शनिबार प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन् ।

इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्छ।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने हो।

यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुन्छ।

यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ।

इबोला महामारीबाट हालसम्म ११ हजारभन्दा बढी मानिसको मृत्यु् भइसकेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष