सञ्जालमा निगरानी : यी हुन् मिसइन्फरमेसन, डिसइन्फरमेशन र हेट स्पीच
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहितालाई प्रभावकारी गराउन थप निर्णय गर्दैछ ।
निर्वाचन आचार संहिता अन्तरगत सामाजिक सञ्जालबाट प्रभाव हुनसक्ने मिथ्य सुचना, दुष्प्रचार र हेट स्पीचलाई आयोगले परिभाषा गर्दैछ ।
आचार संहितामा सामाजिक सञ्जालको प्रयोग गरि मिथ्य सुचना र दुष्प्रचार गर्न नहुने उल्लेख छ । यस्तै हेट स्पीच प्रयोग गर्न नहुने भनिएको छ । तर कस्ता विषयलाई मिथ्य, दुष्प्रचार र हेटस्पीच भन्नेबारे स्पष्ट भनेको थिएन ।
नियमन र कारबाहीलाई प्रभावकारी बनाउन आयोगले यसको परिभाषा गरेको हो ।
आयोगको परिभाषामा
मिथ्य सूचना
निर्वाचन सम्वन्धी कुनै कार्य गर्दा वा गराउँदा कसैलाई हानी नोक्सानी पुर्याउने नियत नराखी वा उक्त सूचना झुठो हो भन्ने नबुझी सम्प्रेषित गरिएको भ्रामक सुचना वा जानकारीलाई मिथ्य सुचना मानिन्छ ।
दुष्प्रचार
आफूलाई लाभ र अरु कसैलाई हानि–नोक्सान पुर्याउने र आम मानिसलाई छक्काउने बदनियतका साथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई दुष्प्रचार मानिन्छ । तर निर्वाचन सम्वन्धी रिर्पोटिङमा भएका गल्तीहरु भने दुष्प्रचारको परिभाषाभित्र पर्दैन ।
हेट स्पीच
प्रत्यक्ष वा परोक्ष रुपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैङ्गीकता, उमेर, अपाङ्गता, वा अन्य अपरिवर्तनिय समूहलाई इंगीत गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढवा दिने किसिमका बचन, लिखत वा व्यवहारलाई मानिन्छ ।
यस्तो कामहरु गर्ने र गराउनेलाई निर्वाचन आचारसंहिता २०७८ अनुसार कारबाही गर्ने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया