NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यसकारण माओवादी केन्द्रले घोषणापत्र बनाउने छैन

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि पार्टीले घोषणापत्र नबनाउने भएको छ । गठबन्धन दलहरू कांग्रेस, एकीकृत समाजवादी, जसपा र राजमोले घोषणापत्र सार्वजनिक गरेपछि माओवादीले सार्वजनिक नगर्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

स्थानीयत तह निर्वाचन सम्बन्धमा पार्टीको तर्फबाट देशभर अपिल जारी गरिसकेकाले आ-आफ्नै हिसाबले प्रतिबद्धतापत्र जारी गर्ने गजुरेलले बताए । ‘वैशाख ३० मा हुने निर्वाचन संघीय निर्वाचन होइन । पार्टीको तर्फबाट अपिल जारी भइसकेको छ’, गजुरेलले भने, ‘सम्बन्धित स्थानीय तहले आफूअनुकुल प्रतिबद्धतापत्र जारी गर्छन् । केन्द्रले हस्तक्षेप गर्दैन ।’

माओवादी केन्द्रले चैत २२ मा स्थानीय तह निर्वाचन सन्दर्भमा अपिल जारी गरेको छ । त्यहि घोषणापत्रलाई आधार बनाएर स्थानीय तह निर्वाचका लागि उसले पार्टीको घोषणापत्र जारी नगर्ने निष्कर्षमा पुगेको हो ।

गठबन्धनको साझा घोषणापत्र जारी हुने भएपछि मतदातालाई माओवादीको अपिल