यसकारण माओवादी केन्द्रले घोषणापत्र बनाउने छैन
काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि पार्टीले घोषणापत्र नबनाउने भएको छ । गठबन्धन दलहरू कांग्रेस, एकीकृत समाजवादी, जसपा र राजमोले घोषणापत्र सार्वजनिक गरेपछि माओवादीले सार्वजनिक नगर्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
स्थानीयत तह निर्वाचन सम्बन्धमा पार्टीको तर्फबाट देशभर अपिल जारी गरिसकेकाले आ-आफ्नै हिसाबले प्रतिबद्धतापत्र जारी गर्ने गजुरेलले बताए । ‘वैशाख ३० मा हुने निर्वाचन संघीय निर्वाचन होइन । पार्टीको तर्फबाट अपिल जारी भइसकेको छ’, गजुरेलले भने, ‘सम्बन्धित स्थानीय तहले आफूअनुकुल प्रतिबद्धतापत्र जारी गर्छन् । केन्द्रले हस्तक्षेप गर्दैन ।’
माओवादी केन्द्रले चैत २२ मा स्थानीय तह निर्वाचन सन्दर्भमा अपिल जारी गरेको छ । त्यहि घोषणापत्रलाई आधार बनाएर स्थानीय तह निर्वाचका लागि उसले पार्टीको घोषणापत्र जारी नगर्ने निष्कर्षमा पुगेको हो ।
गठबन्धनको साझा घोषणापत्र जारी हुने भएपछि मतदातालाई माओवादीको अपिल
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया