युक्रेनमा रहेको अमेरिकी दूतावासले पुनः काम सुरु गर्ने
किएभ । अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किएभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गरेका छन् ।
रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि किएभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको थियो ।
अहिले भने युक्रेनलाई थप सहयोगको आवश्यकता परेको र त्यसका लागि दूतावासमार्फत गर्नुपर्ने भएकाले दूतावास खोल्न लागिएको अमेरिकी अधिकारीहरुको भनाई छ ।
अमेरिकाले युक्रेनलाई विभिन्न आधुनिक हतियार र नगद समेत सहयोग दिने घोषणा गरिसकेको छ । केही सहयोग भने यसअघि देखि नै दिँदै आएको थियो ।
दुई महिना हुँदा पनि रुसले आक्रमण नरोकेपछि अमेरिकाले थप सहयोग गर्ने निष्कर्ष निकाल्दै दूतावास फेरि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । आक्रमणका कारण सयौंको मृत्यु भएको छ भने अरु कैयौं घाइते भएका छन् । त्यसैगरी हजारौं विस्थापित भएका छन् ।
दुई पक्षीय भिडन्तका कारण युक्रेनलाई ठूलो भौतिक तथा आर्थिक क्षति पनि भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वकै आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया