टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी
काठमाडाैं । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।
टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको जानकारी दिइन् । उनका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताए । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट प्रकाश अधिकारी नगरप्रमुख र ज्ञानमाया डंगोल उपप्रमुखमा निर्वाचित भएका थिए ।
हाल नेकपा (एमाले)बाट वर्तमान नगरप्रमुख अधिकारी र उपप्रमुख डंगोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
साविकको गोगंबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया