युद्ध क्षेत्र युक्रेनमा बलिउड फिल्मको छायांकन जारी, ३ कलाकार बेपत्ता

किएभ । रुस र युक्रेनबीच युद्ध जारी छ । त्यहाँ युद्धको बीचमा एउटा बलिउड फिल्मको सुटिङ पनि भइरहेको छ । छायांकन युद्ध क्षेत्रमा नै भइरहे पनि कुनै भारतीय कलाकार छैनन् ।
युक्रेनका स्थानीय कलाकारहरूले चलचित्रको छायांकन गरिरहेका छन् । यो चलचित्रको नाम ‘लभ इन युक्रेन’ राखिएको छ । फिल्मका ९० प्रतिशत कलाकार युक्रेनका छन्, तर तीमध्ये ३ जना बेपत्ता छन् । उनीहरुलाई सम्पर्क गर्न प्रयास भइरहेको छ ।
युद्धका कारण देश छोडेर गए वा मारिए भन्ने अझै पुष्टि हुन सकेको छैन । युक्रेनी युवती र एक भारतीय युवकको प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग युद्ध सुरु हुनुअघि खिचिएको थियो । चलचित्रका निर्देशक नितिनकुमार गुप्ताका अनुसार युद्धअघि चलचित्रको सम्पूर्ण टोली युक्रेनमै थियो ।
धेरै जसो कलाकार युक्रेनकै थिए । तीमध्ये ३ जना अहिले सम्पर्कमा छैनन् । फिल्मकी नायिका एलिजा युक्रेनकी हुन् र त्यतिबेला युक्रेन सीमामा फसेकी छिन् । फिल्मको प्रचारका लागि उनलाई भारत ल्याउने प्रयास भइरहेको छ ।
रुसी सेनाले युक्रेनको राजधानी किएभ छोडेर गएपछि फिल्मको छायांकन सुरु गरिएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया