NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विश्वकै सबैभन्दा खतरनाक मुर्सी आदिवासी

काठमाडौं । विश्वका कुना कुनामा धेरै आदिवासी जातिहरु रहेका छन् । उनीहरु अझै पनि हजारौं वर्ष पुरानो परम्परा अनुसरण गर्छन् । यी प्रजाति बस्ने जंगलमा उनीहरुको पूर्ण अधिकार हुन्छ ।

स्थानीय सरकारले पनि उनीहरुको अधिकारमा हस्तक्षेप गर्दैनन् । यीमध्ये केही निकै खतरनाक मानिन्छ । यीमध्ये इथियोपियाको खुन्खार मुर्सी जनजाति पनि एक हो । यी जाति विश्वको सबैभन्दा असामान्य, आक्रामक मानिन्छ ।

यस समुदायमा अन्य समुदायका मानिसकाे हत्या गर्नु उनीहरुको मर्दाङ्गीको निशाना मानिन्छ । यी समुदाय दक्षिण इथियोपिया र सुडान सीमामा बस्छन् । मुर्सीको कुल जनसंख्या १० हजार छ । यिनीहरु अर्को व्यक्तिलाई नमारे आफू बाँच्नुको कुनै अर्थ नरहने बताउँछन् । यी जनजाति समुदायका पुरुषहरुबीच एक वाक्य लोकप्रिय छ, ‘अरुको हत्या गर्न नसक्ने हो भने बाँच्नुभन्दा मर्नु राम्रो’ ।

मुर्सी जनजातिले उनीहरुको अनुमतिविना आफ्नो क्षेत्रमा जाने सयौं व्यक्तिको हत्या गरिसकेका छन् । मुर्सीहरुको हिंस्रक प्रवृत्तिका कारण इथियोपियाको सरकारले यिनीहरुसँग सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै विदेशी वा राष्ट्रप्रमुख सरकारी व्यक्तिहरुले इथियोपियामा मुर्सी जनजाति हेर्ने इच्छा गरे भने सरकारले इथियोपियाका हतियारसहितका सैनिकको घेरामा त्यस क्षेत्रको भ्रमण गराउँछ ।

मुर्सीहरु गाई साटेर हतियार खरिद गर्छन् । यिनीहरुले एकेफोर्टी सेभेनको पुरानो मोडल ८ देखि १० वटा गाई दिएर किन्छन् भने नयाँ मोडेल ३० देखि ४० वटा गाईसँग साट्छन् ।

मुर्सीलाई हतियारको आपूर्ति छिमेकी देश सूडान र सोमालियाबाट गरिन्छ । यसका पुरुष तथा महिलाले सधैं राइफल बोकेका हुन्छन् । आफू खतरामा रहेको महसुस गर्नासाथ गोली चलाउँछन् । हत्या गरिसकेपछि सबै जना मिलेर उत्सव मनाउँछन् ।

यस जनजातिका महिलालाई दुव्र्यवहारबाट बचाउन शरीरका अंगहरुको ढाँचा परिवर्तन गरिन्छ । बालिका १५ वर्षको उमेर पुगेपछि तल्लो ओठमा दाउरा वा माटोको भाडा बनाएर लगाइदिन्छन् । त्यसरी बनाएको ओठमा १२ सेन्टिमिटर लामो वस्तु लगाइन्छ । जुन उसको ओठमा जीवनभर रहन्छ । अरु मानिसहरुको नराम्रो नियतबाट जोगाउन उनीहरुको ओठ तानेर कुरुप बनाइन्छ ।

मुर्सी जनजाति लगभग २ हजार वर्गकिलोमिटरको कुल क्षेत्रफलमा फैलिएका छन् । मुर्सीहरुले आफ्नो सीमा कडाइका साथ रेखदेख गर्छन् । मुर्सीलाई त्यस क्षेत्रको सबैभन्दा धनी जनजातिमध्ये एक मानिन्छ । यिनीहरुसँग गाई जति धेरै हुन्छन् त्यति धनी हुन्छन् । विवाहका लागि बेहुलाको परिवारले दाइजोको रुपमा बेहुलीको परिवारलाई २० देखि ४० वटा गाई र राइफल उपहारस्वरुप दिन्छन् ।

यो परम्परा सबै ओमो जनजातिहरूको विशेषता हो । त्यसैले यहाँ जन्मिएका छोरीहरूलाई परिवार कल्याणका लागि राम्रो ग्यारेन्टी मानिन्छ ।

मुर्सी जनजातिका युवाहरूले युवती प्राप्त गर्न रक्तपात पूर्ण खेल आयोजना गर्छन्, जुन युवकले जति हिंस्रकताका साथ आफ्नो प्रतिद्वन्द्वीलाई जित्छ, उसलाई श्रेष्ठ र बहादुर मुर्सी घोषित गरिन्छ र उसैसँग ती युवतीको विवाह हुन्छ ।

मुर्सी जातिमा महिलाहरूले कडा परिश्रम गर्छन्, तिनीहरू घर निर्माण गर्न, बच्चाहरूको हेरचाह गर्ने, खाना बनाउने, नजिकैको स्रोत वा नदीबाट पानी लैजाने काम गर्छन् । मुर्सीका पुरुषहरु गाई चराउने र गाउँको रक्षा गर्छन् ।