कराँची विश्वविद्यालयमा विस्फोट, चिनियाँ शिक्षकसहित ४ को मृत्यु

कराँची । पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा ३ जना चिनियाँ शिक्षकसहित ४ को मृत्यु भएको छ । बम विस्फोट विदेशी मामिला संकायको कन्फ्युसियस सेन्टरनजिकै एउटा गाडीमा विस्फोट भएको थियो ।
विस्फोटमा नवनियुक्त निर्देशक एवं दुई शिक्षकको मृत्यु भएको छ । त्यस्तै, गाडीका चालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमध्ये हुआन गुइपिङ, दिङ मुइपिङ र चेन साइ रहेका छन् ।
गुइपिङ सेन्टरका निर्देशक थिए भने दिङ मुपेङ र चेन साई सेन्टरमा पढाउँथे । मृत्यु भएका चालक खालिद रहेका छन् । विस्फोटमा एक चिनियाँ नागरिक र स्थानीय नागरिक पनि घाइते भएका छन् ।
सुरक्षामा खटिएका दुई रेन्जर पनि घाइते भएका छन् । घाइतेहरुलाई पटेल अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरी अनुसन्धान गरिरहेको छ । विष्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया