NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते
काठमाडौं महानगर :

एमालेले २० हजारको अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?

उपमेयरमा राप्रपालाई एमालेको धोका

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चुनावी मैदानमा उत्रिनका लागि उम्मेदवारहरूले ७५३ वटै स्थानीय तहमा आइतबार र सोमबार गरी मनोनयन गराइसकेका छन् । देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा गठबन्धनबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकी छिन् । कांग्रेसका प्रभावशाली नेता तथा महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई पछाडि पार्दै मेयरको टिकट पाएकी उनी नयाँ अनुहार हुन् ।

त्यस्तै एमालेबाट वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धरलाई पछि पार्दै पूर्वमेयर केशव स्थापितले बाजी मारेका छन् । उनी वाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत हुन् ।

आगामी स्थानीय तह निर्वाचनमा स्थापित र सिंहबीच नै मूख्य प्रतिस्पर्धी हुने देखिन्छ । स्थापित चिरपरिचित र हेभिवेटका उम्मेदवार रहेकाले सिंहलाई काठमाडौंको चुनाव जित्न धेरै मेहेनत गर्नुपर्ने देखिन्छ ।

गठबन्धनको तुलनामा एमालेले रणनीतिक र हेभी उम्मेदवार उठाएको छ । एमालेका उम्मेदवार स्थापित केही विवादमा आए पनि सिर्जनात्मक खुवी भएका व्यक्ति हुन् ।

गत निर्वाचनमा मेयरमा एमालेले बाजी मारेको थियो । विद्यासुन्दरले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतले पराजित गरेका थिए । विजयी शाक्यले ६४ हजार ९ सय १३ र पराजित राजुराजले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

काठमाडौंमा एमालेले राप्रपासँग तालमेल गरी उपमेयर छोडेको थियो । तर कांग्रेसकी हरिप्रभा खड्का विजयी हुँदा एमालेले तालमेल गरेको राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै ल्याएका थिए ।

मेयरमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले अस्वभाविक मत ल्याएकी थिइन् । नयाँ शक्तिको रुपमा हेरिएको पार्टीबाट दर्शनाले २३ हजार चार सय ३९ मत ल्याएकी थिइन् ।

साझा पार्टीबाट उम्मेदवार बनेका पूर्वप्रशासक किशोर थापाले १८ हजार चार सय ९६ मत ल्याएका थिए ।

यस महानगरमा माओवादी केन्द्र भने कमजोर देखिन पुग्यो । उसका उम्मेदवार सर्वोत्तमदास डंगोलले सात हजार नौ सय ६ मत मात्रै ल्याए । जबकि तत्कालीन नयाँ शक्तिकी पवित्र बज्राचार्यले पनि ६ हजार ५० मत मत ल्याएका थिए ।

उपमेयरमा राप्रपालाई एमालेको धोका

मेयरमा राप्रपाको भोट एमालेलाई गए पनि उपमेयरमा भने राप्रपाका उम्मेदवार पराजित हुन पुगेका थिए । उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार नौ सय ५२ मत ल्याएर जित निकालिन् । एमालेले उपमेयर राप्रपालाई दिएको थियो तर सहमतिको गतिलोसँग पालना नभएको परिणामले देखायो । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत मात्रै ल्याए । साझा पार्टीका निरुपमा यादवले तेस्रो बढी अर्थात् ११ हजार पाँच सय ३३ मत ल्याइन् । माओवादी केन्द्रका सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत पाइन् । नयाँ शक्तिकी सविना अर्याल दवाडीले तीन हजार चार सय ९३ मत ल्याएकी थिइन् ।

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौं महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौं महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए । मेयर–उपमेयरमा राम्रै मत ल्याएका साझा र विवेकशील नेपाली तथा माओवादीले एउटै वडाध्यक्ष जित्न सकेनन् ।

महानगरका १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ वडामा एमालेको कब्जा भयो ।
कांग्रेसले ५, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९ र ३० नम्बर वडा जित्यो ।

कस्तो होला भावी चुनावी परिणाम ?

गठबन्धनको तुलनामा एमालेले रणनीतिक र हेभी उम्मेदवार उठाएको छ । एमालेका उम्मेदवार स्थापित केही विवादमा आए पनि सिर्जनात्मक खुवी भएका व्यक्ति हुन् । काठमाडौंको पूर्वाधार विकासबारे राम्रो ज्ञान भएका उनीसँग दुईपटक मेयर र वाग्मतीका भौतिक पूर्वाधार विकासमन्त्री र उपत्यका विकास प्राधिकरणका प्रमुख भएर काम गरेको अनुभव छ । उनले राजधानीको सडक चौडा गर्ने, अव्यवस्थित घरटहरा फत्काउने काम गरेर चर्चामा आएका थिए ।

तर गठबन्धनका उम्मेदवार सिंह नयाँ अनुहार भएकाले निर्वाचित हुन धेरै पापड पेल्नुपर्ने देखिन्छ । कांग्रेस नेता एंव पूर्वमन्त्री प्रकाशमान सिंहकी पत्नी रहेकाले परिवारवाद आरोप पनि खेप्नुपर्नेछ । यद्यपि महानगरमा प्रकाशमानको पक्कड क्षेत्र रहेकाले उनको प्रभाव पर्न सक्छ । गठबन्धन दलभित्र कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले बलियो समर्थन रहे सिंहले जित्ने आधार देखिन्छ ।

काठमाडौं बदल्ने केशव स्थापितका मिठा बतासे योजना के–के छन् ?