NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

काठमाडौं बदल्ने केशव स्थापितका मिठा बतासे योजना के–के छन् ?

काठमाडौं । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा नेकपा एमालेले मेयर उम्मेदवारमा केशव स्थापितलाई अगाडि सारेको छ । शनिबार ओली निवास बालकोटमा बसेको सचिवालयको बैठकले स्थापितलाई मेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो ।

वाग्मतीका पूर्वमन्त्रीसमेत रहेका उनी ०५४ मा भएको स्थानीय निकायको चुनावमा एमालेबाट काठमाडौंको मेयर जितेका थिए । मेयरमा निर्वाचित भएलगत्तै स्थापितले पशुपति क्षेत्र, तीनकुने, माइतिघर मण्डलाका अव्यवस्थित घरटहरा भत्काएर चर्चामा आएका थिए । सुनधारास्थित महानगरपालिकाको कार्यालय हरिभवन उनकै पहलमा महानगरको मतहतमा ल्याइएको थियो ।

०१६ सालमा काठमाडौंमा जन्मिएका स्थापित विगतमा केही राम्रा कामका बाबजुद धेरै विवादमा आएका अनुहार हुन् । स्थापितलाई काम भन्दा बढी गफ दिने नेताको रुपमा पनि परिचित छिन् । यो विपक्षीको मात्रै होइन पार्टीभित्रैका नेताहरूको पनि आरोप हो । उनी हरेक ठाउँमा ठट्टाको शैलीमा प्रस्तुत हुन्छन् । सोमबार उम्मेदवारी दर्ता गराउँदासमेत उनले ठट्टा गर्न भुलेनन् । केही न केही विवाद नभए ‘केशव’ स्थापित नै नहुने उनको भनाई थियो । उनी बतासे नेताकाे रूपमा चित्रित छन् ।

६ महानगर र ११ महानगरमा सत्तागठबन्धनले भागबण्डा गरी कसिलो बनाउँदै लगेपछि दबावमा रहेको एमालेले स्थापितलाई अगाडि सार्नु अर्थपूर्ण रहेको छ । वर्तमान मेयरलाई एमालेले पुनः दोहोर्याए हार्ने उनले दावी गरेका थिए । काठमाडौंमा आफूले टिकट पाए एक लाख बढी भोट ल्याउने उनको दाबी छ । पछिल्लो समय नेपाललाई गाँजामा आत्मनिर्भर बनाउने अभियानमा उनी रहेका छन् । उनने गाँजा बेचबिखनका लागि विद्यामान कानून संशोधन गर्न अभियान नै चलाएका थिए ।

०७४ मा भएको प्रदेशसभा चुनावमा वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षा देखाएका थिए । तर हेटौंडाका डोरमणि पौडेललाई ओलीले मूख्यमन्त्री बनाए पछि उनी रुष्ट भएका थिए ।

पौडेल नेतृत्वको सरकारमा केही समय भौतिक पूर्वाधार विकासमन्त्री भएका उनलाई मुख्यमन्त्रीसँग टसल परेपछि बर्खास्त गरिएको थियो । उनी ०५४ देखि ०५९ सम्म काठमाडौं महानगरपालिकाको मेयर भएका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष कार्यकालमासमेत मेयर भएका थिए । ०५१ देखि ०५२ सम्म उनी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र ०६९ मा उपत्यका विकास प्रधाधिकरणको प्रमुख आयुक्त रहेका थिए ।
०७४ मा भएको चुनावमा कठमाडौंको मेयर बन्न नपाएपछि उनी पार्टीले मुख्यमन्त्री बनाउने आशामा प्रदेशसभामा गएका थिए ।

गत चुनावमा एमाले–राप्रपा तालमेल भएपनि राप्रपासँग १० हजार मत रहेको उनको अनुमान छ । यदि राप्रपासँग तालमेल नभए मेयर शाक्यले पाएको मत ६४ हजार कुल मतमा १० हजार घट्दा ५४ हजार मत एमालेको रहेको उनको भनाइ छ । त्यसमध्ये माधव नेपालले ३२ वडामा आफ्ना उम्मेदवार उठाए करिब १० हजार भोट काट्न सक्ने उनको अनुमान छ । उनले कांग्रेसको पहिला ४५ हजार मत रहेको त्यसमा माओवादी केन्द्रको ९ हजार र माधव नेपालको १० हजार भोट बढ्दा एमालेले केही दबाव भए पनि आफूले चुनाव जित्ने दाबी नेपालवाचसँगको कुराकानीमा गरेका छन् ।

‘गठबन्धनको मत बढीमा ५८ हजार हुन सक्छ । यस्तो अवस्थामा गठबन्धनले पाएको मत भन्दा दोब्बर मत पाउने मेरो दाबी छ’, उनले भने, ‘म उठिसकेपछि माधव नेपालतिर लागेका धेरै मानिस एमाले पार्टी प्रवेश गर्छन् । कोही मौन बस्छन् । मलाई कांग्रेसका मानिसले पनि सहयोग गर्छु भनेका छन् । स्थापितसँग प्रतिस्पर्धा गर्न सकिंदैन भन्ने मनोविज्ञान गठबन्धन दलका उम्मेदवारलाई परेको छ ।’

त्रिचन्द्र कलेज पुनर्निर्माणदेखि उपत्यकाका डाँडामा पार्क बनाउेसम्म योजना

आफू निर्वाचित भएपछि १५ दिनमा त्रिचन्द्र कलेजको पुनर्निर्माणको काम थालनी गर्ने योजना उनको छ । लाखौं क्षमतावान विद्यार्थी उत्पादन गर्ने देशकै पुरानो कलेज खण्डहर भएको उनलाई मन परेको छैन । त्रिचन्द्रका सबै विद्यार्थीहरू भेला गराएर २० करोड सहयोग मागेर पुरानो सौन्दर्य कायम राख्दै अत्याधुनिक भवन बनाउने आत्मविश्वास उनमा छ ।

काठमाडौंको फोहरमैला व्यवस्थापनमा उनले घोषणापत्रै तयार गरेका छन् । आफू निर्वाचित भए फोहोर व्यवस्थापनमा निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको विश्वास लिएका छन् । उनको योजना अनुसार काठमाडौंको फोहोर बञ्चरे डाँडामा नलगी जहाँ निस्कछ त्यहीं व्यवस्थापन गर्ने रहेको छ । सहरको फोहोर गाउँमा लगेर व्यवथापन गर्ने सोचाइ नै ठीक नभएको उनको तर्क छ । फोहोर व्यवस्थापनका लागि टेकुस्थित ४८ रोपनी जग्गामा भित्रि सहरबाट उत्पन्न भएका फोहोरलाई जैविक र अजैविकमा छुट्याउने पुनप्रयोग आउने बाहेक अन्यलाई गलाए ६० प्रतिशत समस्या हल गर्न सकिने योजना उनीसँग रहेको छ ।

धुलो–धुवाँ नियन्त्रका लागि थानकोटमा कडाइ अनिवार्य

काठमाडौंको समस्याको रूपमा देखिएको धुलो उपत्यकामा सिर्जित समस्या नभइ थानकोट वरिपरिबाट आएका धुलो भएको उनको बुझाइ छ । उपत्यका बाहिरबाट गाडीको माध्यमबाट दिनमा ५ सय टन हुने उनको दाबी छ । दिनको पाँच सय टन धुलो उड्दा उपत्यकामा समस्या हुने र त्यसलाई वरिपरी सुरक्षा पोष्ट बनाएर कडाइ गर्नुपर्ने उनको तर्क रहेको छ । उपत्यकाभित्र प्रवेश गर्ने गाडी सबै धोइपखाली गरे समस्या समाधान हुने उनको अनुमान छ । वर्षभरी १२–१३ दिन बिदा कटाएर १३ सय वटा काम गर्न सके काठमाडौं महानगर समृद्ध र आर्थिकरूपमा बलियो हुने उनको जिकिर छ । उपत्यकामा भौतिक पूर्वाधार विकासको समस्या नभइ व्यवस्थापनको समस्या रहेको उनी बताउँछन् । यी सबै समस्याको व्यवस्थापन गर्न सके महानगर व्यवस्थित र सुन्दर हुने दाबी उनले गर्दै आएका छन् ।

काठमाडौं उपत्यकाको वरिपरी डाँडामा ५० वटा सुविधानसम्पन्न अक्सिजन पार्क निर्माण सकिने

काठमाडौंको मेयरमा निर्वाचित भए स्थापितको वरिपरिका डाँडा सबैलाई समेटेर ५० वटा अक्सिजन पार्क बनाउने योजना छ । त्यसका लागि महानगर वरिपरि रहेका तीन हजार रोपनी जग्गालाई सिटी बस सञ्चालनका लागि प्रयोग गर्न सकिने एक व्यक्तिलाई रु २० मा अक्सिजन पार्कमा लैजाने व्यवस्था गर्न सकिने योजना सुनाएका छन् । साँझ बिहान जेष्ठ नागरिकलाई निशुल्क गर्ने, अन्यलाई शुल्क लगाउने योजना रहेको छ ।

‘काठमाडौंको कुनै सहरमा हरियाली खोज्ने होइन । वरिपरीको डाँडामा पचास हजार रोपनी खाली जग्गा छन् । त्यहाँ १५ मिनेटमा पुग्ने ठाउँ बनाउन सकिन्छ’, स्थापितले भने, बालाजुको नागार्जुन जंगल १३ हजार रोपनी छ । त्यहाँ गएर टन्न अक्सिजन खाने, चराचुरुङ्गी हेर्ने फर्किने । नगर बस चलाएर २० रुपयाँ लिएपछि मानिस दिनभरी घु्म्छन्, आउँछन् ।’

त्यस्तै उनको प्राथमिकतामा महानगरभित्र १५ वटा जिम हल सँग–सँगै योगा गर्ने, ध्यान गर्ने, मार्शलआर्ट खेल्ने ठाउँ परेका छन् । त्यसका लागि महानगरमा जग्गा छैन भने सँगै जोडिएको कीर्तिपुर, टोखा, तारकेश्वरमा बनाउन सकिने उनको भनाइ छ । ती ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डको केन्द्र खोलेपछि मानिसहरूले योगा, ध्यान र जिम हल, स्नान गृह र सस्तोमा अर्गानिक खाना खाने ठाउँ बनाउन सकिनेछ ।

राष्ट्रिय सभागृहमा देशभरका पत्रकार जमघट गर्ने टावर निर्माण गर्ने

राष्ट्रिय सभागृह नजिकै रहेको सिटी हलमा देशभरका पत्रकारका लागि आउने, भेट्ने रमाइलो गर्ने टावर बनाउने योजना बनाएका छन् । त्यहाँभित्र अत्याधुनिक प्रविधिसहित २ हजार केबुल राख्ने र त्यहीबाट समाचार सम्प्रेषण गर्न सकिने छ । त्यस्तै हाँसखेल गर्ने, नाचगान गर्ने सबैभन्दा सस्तो खाना खान पाँच सय रुपैयाँको वर्षभरितको प्रोजेक्ट दिने उनको योजना छ ।

पर्खालरहित उपत्यका महानगर बनाउने

उनको चाहना भनेको सिंहदरबार, नारायणहिटी दरबार, सर्वोच्च, केशर महल लगायतका पर्खाल तोड्नु रहेको छ । पर्खाल भत्काएर भित्र सुन्दर झिलिमिली बगैंचा बनाएर बाहिर हिड्ने मानिसलाई आहा बनाउने रहेको छ ।

त्यस्तै उनले उपत्यका बाहिर अवसर नपाएकालाई मेयरले जिम्मा लिने । गाउँमा अवसर र सुविधा नपाएर जीवनको कथा हाल्ने ठाउँ नभएका कवि, कलाकार, संगीतकारलाई काठमाडौं आउने वातावरण बनाउने उनको योजना रहेको छ । उनको पहिलो प्राथमिकता आफ्नै गाउँ बनाउन प्रेरित गर्ने, त्यहाँ टिक्न नसके महानगरले संरक्षण गर्ने योजना बनाएका छन् ।

उत्पादन र रोजगारी बृद्धि गर्ने

उनको योजनामा रोजगारीका हजारौं बाटाहरू छन् । गणेश हिमालदेखि अछाम, जाजरकोट र कालीकोटसम्म महंगा ढुंगाहरू छन् । त्यसलाई बालाजु औद्योगिक केन्द्रमा गोदाम गर्ने र ५० हजारलाई ढुंगाको कटिङ गर्न लगाउने । त्यसले काठमाडौं महानगरपालिकालाई आम्दानी पनि हुने र रोजगारी बृद्धि पनि हुने उनको दाबी छ । महिनाको एक डेढ लाख आम्दानी भएपछि अफिसरमा मानिसले रुची नराख्ने उनको दाबी छ । आफूलाई हिलोमा फूल्ने कमलको फूलसँग दाँजेका उनले अरुले हेर्दा पनि रमाइलो र आहा मान्छे हुँ कित्तामा उभ्याउन चाहेका छन् ।

केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब

काठमाडौंमा एमालेबाट मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता