NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विश्वका ‘ह्यान्डसम’ युवा नेता

काठमाडौं । रुसले युक्रेनमा युद्ध सुरु गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चर्चामा छन् । शक्तिशाली देश रुसविरुद्ध दुई महिनादेखि बलियो प्रतिरोध गरेर आफूलाई बहादुर नेताको रुपमा चिनाएका जेलेन्स्कीको गत महिना फरक कारणले सामाजिक सञ्जालमा छाए ।

मार्चको पहिलो साता जेलेन्स्कीबारे महिलाहरुले टिकटक बनाएपछि अझ धेरैको ध्यान उनीप्रति गयो । टिकटकमा एक महिलाले आफू जेलेन्स्कीप्रति अति आकर्षित भएको संकेत गर्दै भिडियो बनाएकी थिइन् । त्यसपछि सयौं महिलाहरुले जेलेन्स्की आफ्नो ‘सिक्रेट क्रस’ भएको सार्वजनिक गर्दै टिकटक भिडियो बनाएका थिए ।

जेलेन्स्की मात्र होइन्, पछिल्लो समय विश्वभर नयाँ पुस्ताले नेतृत्व गरिरहेका छन् । जसमध्ये केही राजनीतिज्ञहरु आकर्षक र सुन्दर छन् । उनीहरु विश्व राजनीतिको मुल प्रवाहमा आएपछि सामाजिक सञ्जाल, इन्टरनेटको दुनियामा कैयौंपटक हलचल ल्याएका छन् ।

१. जस्टिन ट्रुडो

क्यानडाका पूर्व प्रधानमन्त्री पियरे ट्रुडो र अभिनेत्री मार्गरेट स्निक्लायरका छोरा जस्टिन ट्रुडो सन् २०१५ देखि क्यानडाको प्रधानमन्त्री छन् । प्रधानमन्त्री भएदेखि नै उनी ‘ह्यान्डसम’ नेताको रुपमा विश्वभर चर्चित छन् । निलो आँखा, बाक्लो खैरो कपाल, ६ फिट २ इन्च उचाई भएका उनको विश्व नेतामध्ये अलग पहिचान छ ।

२. इमानुएल म्याक्रों

४४ वर्षीय इमानुएल म्याक्रों सन् २०१७ देखि फ्रान्सको राष्ट्रपति छन् । उनी हालै दोस्रो कार्यकालका लागि पनि निर्वाचित भए । सन् २०१७ मा म्याक्रों राष्ट्रपति भएपछि इन्टरनेट सञ्जालमा ‘जस्टिन र इमानुएलमध्ये को बढी आकर्षक’ भन्ने बहस नै चलेको थियो । निलो आँखा, खैरो कपाल र ५ फिट ९ इन्च उचाइ भएका म्याक्रों विश्वका सुन्दर र आकर्षक युवा नेतामध्ये शीर्ष स्थानमा पर्छन् ।

३.पेड्रो सान्चेज

अग्लो, श्याम वर्ण र सुन्दर स्पेनी राष्ट्रपति पेड्रो सान्चेज विश्व राजनीतिमा एक प्रभावशाली व्यक्तित्व भएका नेता हुन् । सन् २०१८ देखि स्पेनको प्रधानमन्त्री रहेका ४९ वर्र्षीय सान्चेज पूर्व बास्केटबल खेलाडी र ब्रेकडान्सर हुन् ।

४. जिग्मे खेसर नाम्गेल वाङचुक

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलाई प्रिन्स चार्मिङ र जनताको राजा भनेर चिनिन्छ । उनी लोकतान्त्रिक सिद्धान्त पक्षधर हुन् । उनी सन् २००६ देखि भुटानको राजा रहेका छन् । अक्फोर्ड विश्वविद्यालयबाट पढेका वाङचुक २८ वर्षको उमेरमा राजा भएका थिए ।

५.जर्ज वेह

पेरिस सेन्ट जर्मन, एसी मिलन, चेल्सी र म्यानचेस्टर सिटीजस्ता पूर्व पेशेवर फुटबल खेलाडी जर्ज वेहलाई फिफाले एकपटक विश्वको उत्कृष्ट फुटबलर घोषित गरेको थियो । फुटबलपछि राजनीतिमा लागेका जर्ज सन् २०१८ देखि लाइबेरियाका राष्ट्रपति बने । अहिले ५० वर्षका पुगे पनि उस्तै फिट छन् ।

६.कार्लोस अल्भाराडो

पत्रकार एवं लेखक कार्लोस अल्भाराडो ३८ वर्षको उमेरमा कोस्टारिकाका राष्ट्रपति बने । उनी एक शताब्दि यताकै देशको सबैभन्दा कान्छो राष्ट्रपति बने । कार्लोस वातावरण र जलवायु परिवर्तनका बारेमा गम्भीर छन् । उनले कोस्टारिकालाई सन् २०५० सम्ममा कार्बन न्युट्रल बनाउने योजना अघि सारेका छन् ।

७.कार्ल नेहामेर

अष्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामेर राजनीतिमा आउनुभन्दा अघि सैन्य अधिकारी थिए । पूर्वसैनिक कार्ल शारीरिक रुपमा बलियो, तन्दुरुस्त छन् । उनी सन् २०२१ को डिसेम्बरदेखि चान्सलर भएका हुन् ।

८. भोलोदिमिर जेलेन्स्की

कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिलो कार्यकालमै देशभित्र सबैभन्दा ठूलो संकट सम्हालिरहेका छन् । रुसको आक्रमणको डटेर सामना गरिरहेका भोलोदिमिर विश्वका आकर्षक नेतामध्ये मानिन्छन् । केही समयअघि सामाजिक सञ्जाल टिकटकमा महिलाहरुले जेलेन्स्कीप्रतिको मोह देखाउँदै बनाएका भिडियो भाइरल भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष