पाकिस्तानको विदेश मन्त्रीमा बिलावल भुट्टो नियुक्त

इस्लामाबाद । पाकिस्तान पिपुल्स पार्टी पिपिपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले पाकिस्तानी विदेश मन्त्रीका रुपमा नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले उनलाई विदेश मन्त्रीको सपथ खुवाएका छन् ।
सपथ समारोहमा प्रधानमन्त्री शहबाज शरीफ पनि उपस्थित थिए । ३३ वर्षीय बिलावल भुट्टो पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । उनका बुबा आसिफ अल जर्दारी पाकिस्तानका राष्ट्रपति भइसकेका छन् ।
बिलावल भुट्टो सन् २०१८ मा पहिलोपटक पाकिस्तानको सांसद बनेका थिए । उनी मन्त्री बनेको पहिलोपटक हो ।
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानमा २३ औं प्रधानमन्त्रीको रुपमा अप्रिल महिनामा शहबाज नयाँ प्रधानमन्त्री बनेका हुन् । उनको क्याबिनेटमा ३४ मन्त्री रहनेछन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया