अस्पतालको पाँच तलाबाट हाम फालेर एक बिरामीको मृत्यु

काठमाडौं । लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालबाट एक जना बिरामीले आत्महत्या गरेका छन् । अस्पतालमा उपचारत बिरामीले अस्पतालको पाँच तलाबाट हाम फाली आत्महत्या गरेका हुन् ।
पाल्पाको रामपुर सात कठान घर भएका उनलाई नालीमा घाइते अवस्थामा फेला पारेर उपचारको लागि अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले लडेर घाइते भएका उक्त बिरामी अस्पतालमा उपचाररत रहेकोे र मंगलबार राती अस्पतालको पाँचौ तलाबाट हाम फाली आत्महत्या गरेको बताए ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया