खाँणको आग्रह, ‘उम्मेदवारी फिर्ता लिनुस्’ : पौडेलको जवाफ, ‘परिस्थिति धेरै अघि बढिसक्यो’
काठमाडौं । सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध उठेका भरतपुर नगरपालिकाका मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।
कांग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार भरतपुर ७ स्थित उनकै निवास गएर गएको आग्रहलाई बेवास्ता गर्दै पौडेलले फिर्ता नलिने अडान लिएका हुन् ।
गृहमन्त्री खाँणले प्रचण्डपुत्री रेनुविरुद्ध उठेका बागी उम्मेदवारलाई भेटे
भेटका क्रममा पौडेलले चितवनवासीको लोकतन्त्र र कांग्रेस बचाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँदै भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ ।’
आफूको पार्टीको अनुशासनविपरीत काम गरेको भएर कारबाही गर्न उनले चुनौतीसमेत दिएको स्रोतले जनाएको छ ।
प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया