NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

बिटक्वाइन देशको आधिकारिक मुद्रा हुनुले के अर्थ राख्छ ?

काठमाडौं । बिटक्वाइन विश्वको पहिलो विकेन्द्रीकृत क्रिप्टोकरेन्सी हो वा डिजिटल सिक्का हो । यो सन् २००८ मा आविष्कार गरिए पनि सन् २०१० देखि प्रयोगमा आएको हो।

पहिले बिटक्वाइनलाई शंकाको नजरले हेरिन्थ्यो तर अहिले यो विश्वमा सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बनेको छ । विश्वका हजारौं कम्पनीहरूले लेनदेनको लागि बिटक्वाइन अपनाएका छन् । यसका साथै एल साल्भाडोर र मध्य अफ्रिकी गणतन्त्रमा पनि बिटक्वाइनलाई कानुनी मुद्राको रूपमा मान्यता दिइएको छ ।

छोटो समयमा धेरै लामो यात्रा गरेकाे बिटक्वाइनकाे वैधानिकताको प्रभाव धेरै देशहरूमा परेको छ ।

बिटक्वाइनको प्रयोगलाई केही देशमा वैधानिकता दिइएको छ । आफ्नो अस्तित्वको १२ वर्षमा कुनै देशमा कानुनी मुद्राको स्थिति प्राप्त गर्नु यसको लोकप्रियताको अर्को उदाहरण हो । गत वर्ष सेप्टेम्बर ७ मा एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी मुद्राकाे मान्यता दिएर प्रचलित कागजी मुद्रा र डिजिटल मुद्रा बीचको भिन्नता अन्त्य गर्‍यो ।

मुद्रा वैध बन्नुको अर्थ सरकारी कर, सार्वजनिक वा निजी शुल्क, व्यापारीक लेनदेनका लागि प्रयोग हुनु हो । बिटक्वाइनको वैधानिकीकरण पछि एल साल्भाडोरको अर्थव्यवस्था धेरै परिवर्तन भएको छ । देशको १४ प्रतिशतभन्दा बढी व्यापार बिटक्वाइनमार्फत् गरिन्छ ।

त्यहाँ पर्यटन क्षेत्रमा उत्साहको वातावरण छ भने बिटक्वाइन स्वीकार गर्ने संस्थाहरु खुसी छन् । एल साल्भाडोरले १ अर्ब डलरको बन्डहरू जारी गरेको छ । शैक्षिक संस्थाहरूले बिटक्वाइन र क्रिप्टोप्रति सचेतना फैलाउन थालेका छन् ।

एल साल्भाडोरको पाइला पछ्याउँदै केही अन्य देश र क्षेत्रहरू पनि बिटक्वाइनलाई वैध बनाउने बाटोमा छन् । यसमा पोर्चुगल, होन्डुरस र मडेराको स्वायत्त क्षेत्रहरू समावेश छन् । यहाँका बासिन्दाहरूले बिटक्वाइनमा पुँजीगत लाभ कर तिर्नु पर्दैन र अन्य शुल्क तिर्न बिटक्वाइन प्रयोग गर्न सक्षम हुनेछन् ।

दक्षिण प्रशान्त महासागरको देश टोंगाले भविष्यमा राष्ट्रिय कोषहरू बिटक्वाइनमा सार्नुका साथै बिटक्वाइनलाई कानुनी मुद्रा बनाउन चार चरणको प्रस्ताव गरेको छ । मेक्सिकोको संसदमा बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने विषयमा पनि चासो देखिएको छ ।

वैधानिकता पाएपछि बिटक्वाइनले ४२ प्रतिशत सेयरको साथ सम्पूर्ण क्रिप्टो बजारमा प्रभुत्व जमाउने भएकोले यसले क्रिप्टो बजारलाई थप बलियो बनाउनेछ । रियल टाइम भुक्तानी र व्यापारीक लेनदेनका लागि बिटक्वाइनको उपयोगमा वृद्धि हुनेछ ।

बिटक्वाइन प्रयोग गरेर सबै वित्तीय समाधानहरू सम्भव हुन नसक्ने भएकाले मानिसहरू बिटक्वाइनबाहेक अन्य क्रिप्टो परियोजनामा पनि विचार गर्न थाल्नेछन् ।

अहिलेसम्म कागजी मुद्रालाई मात्र मुद्रा मानिन्थ्यो तर अब कागज र डिजिटल मुद्राको विभेद समाप्त हुँदै गएको छ । प्रयोगको लागि मान्यता प्राप्त हुनुको साथै बिटक्वाइनलाई विश्वका धेरै देशहरूमा कानुनी टेन्डरको रूपमा स्वीकार गरिएको छ । यो सम्पूर्ण क्रिप्टो बजारको भविष्यलाई सुनौलो संकेत हो ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा बिटक्वाइन औपचारिक मुद्रा