पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयबाट उनीहरूलाई डिएसपीमा पदोन्नति भएका थिए । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन् । उनले सङ्गठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको बताए ।
दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिए । महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया