एलआइसी नेपालको २० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । उक्त बोनस वैशाख १५ गतेदेखि जम्मा गरिएको कम्पनीले बताएको छ ।
सेयरधनीहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । बैशाख १४ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको उक्त बोनस सेयर कम्पनीले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले नेप्सेमा २० प्रतिशत बोनश बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत गराएको हो ।
माघ २३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनश सेयर जम्मा गरेको कम्पनीले त्यसपछि सेयर अभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमशः जम्मा गर्दै जाने बताएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया