क्यानाडाले पनि युक्रेनमा दूतावास पुनः खोल्ने

क्यानडा । क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताएको जनाइएको छ ।
क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौं, मलाई लाग्छ अब युक्रेनमा अवस्था सामान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान् ।’
क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो । त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्याण्ड पठाएको थियो ।
अहिले राजधानी किएभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ । त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन् । यसअघि अमेरिकाले पनि दूतावास खोल्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया