अवैध हातहतियारसहित ४ जना पक्राउ
काठमाडौं । अवैध हातहतियार, खरखजनासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–६ सटाक खोला बस्ने ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्ण बहादुर कामु, ३६ वर्षीय चेत बहादुर दर्लामी र ५० वर्षीय सुन बहादुर आले रहेका छन् ।
उनीहरुलाई शनिबार दिउँसो करिब तीन बजेतिर सोही नगरपालिकाको पाल्पाली सामुदायिक वनबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक सात थान, वाटा बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ पिस, केप ७५ पिस, फलामको चक्कु दुई पिस र पेचकस दुई थान अवैध हातहतियार फेला परेको थियो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया