NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । मोटर साइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगन्ज नगरपालिका-१० रानीघाट र रौतहट राजदेवी नगरपालिका-७ बस्ने किशोर रहेका छन् । प्रहरीले दुबै अभियुक्तको उमेर १८ वर्ष रहेको जनाएको छ ।

सोही नगरपालिका कुम्हाल टोल बस्ने हिमाल गौतमको ना.६४प९६०० नम्बरको मोेटरसाइकल उनकै घर अगाडि पार्किङबाट शनिबार चोरी भएको थियो । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।