NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बबरमहलमा स्कुटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । उक्त स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका–५ घर भएका केबिन श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ हाल कोटेश्वर बस्दै आएका थिए । बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो । श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा आज बिहानीपख पौने दुई बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष